attacked by tiger

चितुवाका कारण करीव पाँच घण्टा काठमाडौं अस्तब्यस्त काठमाडौं मालिगाउमा कार्तिक ६ गते बिहान देखिएको चितुवाका कारण करीव पाँच घण्टा त्यो क्षेत्र अस्तब्यस्त बन्यो । स्थानीय बासिन्दा, प्रहरी र बनबिभागको सक्रियतामा चितुवा मारिएपछि बल्ल मानिसहरुले सुरक्षित महशुस गरेका छन् । चितुवा मार्न प्रहरीले ६ राउण्ड गोली चलाएको थियो । चितुवाको आक्रमणबाट एक जना बृद्धा, स्थानीय बासिन्दा राजेश केसी र प्रहरी जवान केशव कार्की घाइते भए । मृत चितुवालाई अहिले काठमाडौ बन बिभागको कार्यलयमा राखिएको छ ।
बिहान फुल टिप्न घरबाट निस्किएकी बृद्धालाई चितुवाले आक्रमण गरेपछि काठमाडौ मालिगाउंमा आतङ्क सुरु भएको थियो । काठमाडौ वरिपरिको बनबाट शहर पसेको अनुमान गरिएको चितुवा केही बेर राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको निवास पनि पुगेको थियो ।

No Comments Yet

No comments yet.

Comments RSS TrackBack Identifier URI

Leave a comment