कांग्रेस एकिकरणका बिषयमा आज दुई सभाप्तिबीच अन्तिम भेटवार्ता हुने
नेपाली प्रेस डटकम / डिसि नेपाल डटकम संवाददाता – कांग्रेस एकिकरणको बिषयलाई अन्तिम टुङ्गोमा पुर्याउन कांग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र प्रजातान्त्रिकका सभापति शेर बहादुर देउवाबीच आज भेटवार्ता हुने भएको छ ।
सभापतिहरुबीच आज बिहान १० बजे भेट्ने कार्यक्रम तय भएको भएपनि भेटको समय साँझ ५ बजेका लागि तय गरिएको वालुवाटार श्रोतले जनाएको छ । हिजो हुने भनिएको भेटपनि अन्तिम समयमा आएर स्थगित भएको थियो । आज हुने छलफलले एकिकरणको घोषणाको मिति तय गर्ने अपेक्षा गरिएको छ ।
दुई समितिका केन्द्रिय समितिका बैठकले पार्टिएकिकरणको जिम्मा सभापतिलाई दिएका थिए । कोइराला र देउवा बीच आज सहमति भएमा काँग्रेसको भोलि बिहान बस्ने केन्द्रिय समितिको बैठकले एकताको घोषणाको मिति तय गर्ने छ ।
आजबाट सर्वोच्च अदालत प्रधानन्यायधिश बिहिन बन्ने
नेपालीप्रेस डट कम / डिसिनेपाल डट कम संवाददाता -सर्वोच्च अदालत आजबाट पदाधिकारी बिहिन हुने भएको छ । प्रधानन्यायधिस दिलिप कुमार पौडेलको ३ बर्षे पदावधी आज सकिने भएको पछि सर्वोच्च अदालत केहि समयका लागि प्रधानन्यायधिश बिहिन हुने भएको हो ।
बहालवाला प्रधानन्ययधिशको पदावधी सकिनु अघिनै नयाँ प्रधानन्यायधिश चयन गर्ने प्रावधान रहेपनि यसपटक सरकारले त्यसो गर्न सकेन।
सोहि प्रक्रियालाई निरन्तरतादिनकओ लागि सरकारको संबैधानिक परिषदले नयाँ प्रधानन्यायधिश नियुक्तिका लागि बरिश्ठतका आधारमा सर्वोच्च अदालतकै न्यायधिश केदारप्रसाद गिरीलाई चयन गरेको भएपनि संसदिय सुनुवाईसमितिमा उहाँ बिरुध्द नैतिक आचरण समेतका गम्भिर प्रश्न उठाउँदै उजुरी परेपछि संसदिय सुनुवाई प्रक्रिया लम्बिएको छ ।
आईतवारको बम हमलामा दरवारको संलग्नता छैन : दरबार
राजधानीमा भएका श्रीङखलाबद्व बम हमलामा दरवारको संलग्नता रहेको आरोप लागिरहेको बेला दरवारले एक विज्ञप्ति मार्फत सो घटनामा आफ्नो संलग्नता रहेको भन्ने प्रचार भ्रमपुर्ण र कपोलकल्पित भन्दै खण्डन गरेको छ ।
सो घटनाप्रति राजा ज्ञानेन्द्र र रानी कोमलबाट गहिरो दु:ख समेत व्यक्त गरिएको छ ।
सम्वाद सचिवालयले एक सुचना मार्फत राजा रानीबाट दिवंगत आत्माको चिर शान्तिको कामना र शोकसन्तव्य परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थलाभको कामना समेत व्यक्त गरिएको उल्लेख छ ।
बम विष्फोटमा युवराज पारस र राजदरवारको संलग्नता रहेको भनी केही पत्रपत्रिकामा प्रकाशित समाचारको पनि दरवारले खण्डन गरेको छ । घटनामा दरवारको संलग्नता रहेको भन्ने समचार बिल्कुलै निरधार, कपोल्लकल्पित र द्वैषपुर्ण भएको भन्दै सम्वाद सचिवालयले खण्डन गरेको हो ।
युवराज पारस हृदयघातका कारण अस्पतालमा
नेपालीप्रेस डटकम डिसीनेपाल डटकम संवाददाता – युवराज पारस अचानक अस्वस्थ भएपछी उपचारका लागी अहिले राजधानीको नर्भिक अस्पताल ल्याईएको छ ।
उँहालाई हृदयघात भएको प्रराम्भिक अनुमान चिकित्सकहरुले गरेका छन । ११:३० मा उँहालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
युवराज पारसलाई भेट्न राजा रानी पनि नर्भिक अस्पताल आईपुगेको जानकारी प्राप्त भएको छ । नर्भिक अस्पतालामा सुरक्षा व्यवस्था निकै कडा गरिएको प्रहरिले जनाएको छ ।
No Comments Yet
No comments yet.
Comments RSS TrackBack Identifier URI
Leave a comment
